सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शौर्य सिमेन्टद्वारा 'शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०' को आयोजना

बिहीबार , कात्तिक २३ २०८०
शौर्य सिमेन्टद्वारा 'शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०' को आयोजना

मंसिर ८ गतेसम्म फाराम बुझाउन सकिने शौर्य सिमेन्टले जनाएको छ।

काठमाडौं- शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले 'शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०' आयोजना गरेको छ।

कम्पनीले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरेको हो। यस प्रतियोगितामा मधेस प्रदेशका १६ वर्षभन्दा माथिका महिला वर्गहरू सहभागी हुन सक्ने छन्।

प्रतियोगिता विभिन्न तीन चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सहभागी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपि कम्पनीको वेबसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरेर बुझाउन सक्नेछन्। अथवा  उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरेर ह्वाट्सएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्नेछन्। साथै भरिएको फारम र आफ्नो चित्रकला गापा/नपा मार्फत बुझाउन मिल्ने सुविधासमेत मिलाइएको छ।

प्रतियोगिताका लागि मंसिर ८ गतेसम्म फाराम बुझाउन सकिने शौर्य सिमेन्टले जनाएको छ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागीमध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन्। दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यानभासमा कोर्नु पर्नेछ। दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै सञ्चालन हुनेछ।

अन्तिम चरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन्। यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनुपर्ने हुन्छ। उनीहरुले बनाएको चित्रकलाको मूल्यांकन निर्णायक समितिद्वारा गरी सोहीअनुरुप पुरस्कृत गरिने कम्पनीले जनाएको छ।

यस प्रतियोगिताको पुरस्कारस्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रूपैयाँका साथै १२ जनालाई सान्त्वनास्वरुप हरेकलाई पाँच हजार रूपैयाँ उपलब्ध गराइने छ।


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend