सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , कात्तिक २३ २०८०
तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदी आज प्रतितोला एक हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार स्थिर रहेर सोमबार पाँचसय र मंगलबार तोलामा चारसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो। यस्तै आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला २० रूपैयाँले घटेको थियो।


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend