सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सानिमा बैंकका ग्राहकलाई 'दराज ११.११' मा २० प्रतिशतसम्म छुट

बुधबार, कात्तिक २२ २०८०
सानिमा बैंकका ग्राहकलाई 'दराज ११.११' मा २० प्रतिशतसम्म छुट

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग 'दराज ११.११' योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। 

यो योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रूपैयाँसम्मको छुट पाउन सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नु पर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागु हुनेछ।


प्रकाशित : बुधबार, कात्तिक २२ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend