आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्प पीडितलाई एभरेष्ट बैंकको २५ लाख सहयोग

images
बुधबार, कात्तिक २२ २०८०
images
भूकम्प पीडितलाई एभरेष्ट बैंकको २५ लाख सहयोग
images
images

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितलाई २५ लाख रूपैयाँ सहयोग गरेको छ।

images
images
images

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकमबाट भूकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ।

images
images

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बैंकले जनाएको छ।

images
images

गएको शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो पुगेको छ। हालसम्म १५० भन्दा बढीको मृत्यु भइसकेको छ भने त्यहाँका अधिकांश घरहरु ध्वस्त भएका छन्।


प्रकाशित : बुधबार, कात्तिक २२ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend