आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

चीनद्वारा भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण

images
बुधबार, कात्तिक २२ २०८०
images
चीनद्वारा भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण

चीनले जाजरकोट भूकम्प प्रभावितका लागि ब्लांकेट, टेन्टलगायत सामग्री नेपाललाई सहयोग गरेको हो।

images
images

गण्डकी- चीन सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपतकालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

images
images
images

चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो।

images
images

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई संकट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताए। नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उनले बताए। 

images
images

'नेपालको आर्थिक विकाससँगै संकटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ। चीन सरकारले हामीलाई संकटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ', उपप्रधानमन्त्री श्रेष्ठले भने, 'विसं २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ।'

नेपालका लागि चिनियाँ राजदूत सोङले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै संकटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताए। केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरे। 'दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,' उनले भने।

चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटनालगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गरेको राजदूत सोङले जानकारी दिए।

चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend