आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

प्लास्टिकका फूलमाला बिक्रीवितरणमा कृष्णपुरले लगायो प्रतिबन्ध

images
बुधबार, कात्तिक २२ २०८०
images
प्लास्टिकका फूलमाला बिक्रीवितरणमा कृष्णपुरले लगायो प्रतिबन्ध
फाइल तस्बिर

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लास्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

images
images

कञ्चनपुर- तिहारका बेला प्लास्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ। वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले प्लास्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाइएको हो।

images
images
images

प्लास्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। अटेर गरेर प्लास्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारवाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ थियो।

images
images

'घर आँगनमै उत्पादन हुने मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लास्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाएका छौँ', नगरप्रमुख ओझले भने, 'यस कार्यबाट फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुँदैन।'

images
images

उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलब्ध गराइ व्यवसायिक खेतीमा संलग्न गराइएको छ। 'फूल खेतीमा संलग्न किसानलाई यस कार्यले प्रोत्साहन गर्छ', नगरप्रमुख ओझले भने, 'विकल्प हुँदाहुँदै मानव स्वास्थ्यमा नराम्रो असर गर्ने, वातावरणीय प्रदूषणलाई बढावा दिने प्लास्टिकबाट बनेका मालालाई निरुत्साहित गर्न बिक्री वितरणमा रोक लगाएका हौँ।'

अन्य किसानलाई पनि व्यवसायिक फूलखेती गर्नका लागि अनुदान दिने तयारीमा रहेको उनले बताए। नगरप्रमुख ओझाले घर आँगनमै फुलेको फूल प्रयोग गर्न नगरबासीसँग आग्रहसमेत गरे।

प्लास्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका  कृष्णपुर रहेको छ। फूलको व्यवसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend