सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

बुधबार, कात्तिक २२ २०८०
सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

बुधबार सुनको मूल्य तोलामा तीन सय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता सुनको मूल्यमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। आइतबार स्थिर रहेर सोमबार पाँचसय र मंगलबार तोलामा चारसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला तीनसय रूपैयाँले घटेको हो। 

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। 

बुधबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य आज प्रतितोला २० रूपैयाँले घटेको हो। 

चाँदी आज प्रतितोला एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend