सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना : ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर

बुधबार, कात्तिक २२ २०८०
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना : ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर

बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकमध्ये मंगलबार ३ जनालाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौँडामा स्कुटर हस्तान्तरण गरिएको हो।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजनाअन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ। बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरुमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौँडामा स्कुटर हस्तान्तरण गरिएको हो। 

विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रममाझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छिन्। त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन्। त्यसैगरी एनसेल सेन्टर हेटौँडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन्।

यो योजना एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईँकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलहरू मध्ये एक हो। भाद्र ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकहरुलाई हरेक हप्ता एक सय रूपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो। यस योजनाअन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्तअनुसार एनसेलको बारेमा नारा पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरु प्राप्त गरेको थियो।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्यांकन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए।

यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कारस्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो। बाँकी रहेका ४ जना विजेताहरुले बम्पर प्राइज कात्तिक २२ र २३ गते प्राप्त गर्नेछन्।

एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो। यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै मंगलबार एक सय रूपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेका थिए। 


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend