सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशतसम्म छुट 

मंगलबार, कात्तिक २१ २०८०
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशतसम्म छुट 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा दुई हजार रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा २ हजार पाँच सय रूपैयाँसम्म छुट पाउनेछन्। 

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट पाउने भएका छन्। 

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म चालु रहने यो योजना योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा दुई हजार रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा २ हजार पाँच सय रूपैयाँसम्म छुट पाउनेछन्। 

बैंकका कार्डवाहक ग्राहकहरुले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्ने र  यी भौचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागु हुने बैंकले जनाएको छ। 

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८०१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend