शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कोदालोले कोरेको बाटो अब कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
कोदालोले कोरेको बाटो अब कालोपत्र

कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो। भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला पुग्नुपर्ने बाध्यता थियो। 

images
images

म्याग्दी- कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो। भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला पुग्नुपर्ने बाध्यता थियो। 

images
images
images

ताराखोला गाउँपालिकामा राज्यको ध्यान पुग्न सकेको थिएन। ताराखोला किनारको बाटो होस् वा रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा हुँदै रुमफेदी म्याग्दी पुग्ने गोरेटोको यात्रा कष्टकर थियो। सदरमुकामबाट पश्चिममा पर्ने ढोरपाटन र दक्षिणको बरेङ पुग्ने सडक एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको थियो। ताराखोला ति दुवै सडकको पहुँचमा परेन। 

images
images

‘आफ्नो गाउँ आफै बनाऔँ भन्ने उद्देश्यका साथ हामीले कुटो कोदालोमा भरमा बाटो खन्यौँ, रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा र रुमफेदीको बाटो चिउरा र  चिया खाएर निर्माण गर्‍यौँ’,  स्थानीयवासी गोविन्द घर्तीले भने। १८ वर्षअघि उक्त सडकको रेखा कोरिएको हो। 

images
images

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती २० किलोमिटर सडक निर्माण गर्दा पनि राज्यको ध्यान त्यसतर्फ पुग्न नसकेको बताउँछन्। ‘सडक फराकिलो र कालोपत्र होस् भन्ने हाम्रो चाहना थियो’ उनले भने। 

२२ वर्षपछि स्थानीयवासीको सपना बल्ल पूरा हुँदैछ। अहिले रिजाल चोकदेखि ताराखोला गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र सुरु भएको छ। स्थानीय पूर्वाधार विकास आयोजना, पोखराले तीन वर्षभित्र सक्नेगरी गाउँपालिकासँग सडक कालोपत्रको सम्झौता गरेको छ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम उक्त सडक कालोपत्र भइरहेको छ। सो आयोजनाका प्रमुख कुमार थापा, भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर राम पराजुली र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैह्रेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ। स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सो सडकको कालोपत्र गर्न ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

प्रदेश सरकारले आयोजनाको कूल बजेटको १० प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ। कालोपत्रपछि ताराखोला पर्यटकीय हब बन्ने स्थानीयवासीको विश्वास छ। सडक निर्माणपछि यहाँको स्थानीय उत्पादनले बजार पाउने छ। ताराखोला पशुपालन, घरेलु उद्योग, कृषि, पर्यटनलगायत सम्भावना भएको ठाउँ हो। रासस


प्रकाशित : मंगलबार, भदौ २२ २०७८११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend