आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

महाकाली सिँचाइ : पानी छाड्न सफाइ गरिँदै मूल नहर

images
मंगलबार, कात्तिक २१ २०८०
images
महाकाली सिँचाइ : पानी छाड्न सफाइ गरिँदै मूल नहर

दुई करोड ३५ लाख रूपैयाँमा शुक्र कमली न्यू हुनैनाथ जेभीले मूल नहर सफाइको काम पाएको हो। अहिलेसम्म दुई किलोमिटर नहर सफाइको काम सकिएको छ। टनकपुर बाँधदेखि साढे बाह्र किलोमिटरसम्मको काम चालु आवको चैतसम्म सकिने निर्माण कम्पनीले जनाएको छ।

images
images

कञ्चनपुर- राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ। टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो।

images
images
images

'चालु आर्थिक वर्षमा मूल नहर सफाइको काम सुरु भएको हो', निर्माण कम्पनी शुक्र कमली न्यू हुनैनाथ जेभीका प्रतिनिधि जतिन साउदले भने, 'पानी सञ्चालनका लागि नहरमा रहेका झाडी हटाउने र नहरको सतह मिलाउने काम भइरहेको छ।'

images
images

उनका अनुसार अहिलेसम्म दुई किलोमिटर नहर सफाइको काम सकिएको छ। दुई करोड ३५ लाख रूपैयाँमा शुक्र कमली न्यू हुनैनाथ जेभीले मूल नहर सफाइको काम पाएको हो। टनकपुर बाँधदेखि साढे बाह्र किलोमिटरसम्म मूलनहर सफाइको काम चालु आर्थिक वर्षको चैतसम्म सकिने निर्माण कम्पनीले जनाएको छ।

images
images

दुई पटक मूल नहरमा पानी परीक्षण गरिएपछि अब चाँडै पानी छोड्ने तयारी गरिएको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले जानकारी दिए। 'निर्माण भएको मूलनहरमा पानी छोड्नका लागि भारतसँग पहल भइरहेको छ, चाँडै मूल नहरमा पानी आउँछ,' उनले भने।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट भम्का राधा खोलासम्म २३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ। राधा खोलादेखि २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीसम्म मूल नहर निर्माण चालु आवमा सकिने आयोजना कार्यालयको दाबी छ। 'फूलेलीदेखि ४८ किलोमिटर गोदावरी खोलासम्म मूल नहर निर्माणका लागि ठेक्का भइसकेको छ,' सूचना अधिकारी गुप्ताले भने, 'ब्रह्मदेवदेखि फुलेलीसम्म बाइस वटा शाखा नहर निर्माण हुन्छन्, त्यसको काम पनि जारी छ।'

नेपाल-भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माण सम्पन्न भइसकेको छ। महाकाली सन्धि भएको दश वर्षपछि आर्थिक वर्ष २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ।

विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ।

यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ। बाइसवटा शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिने छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend