सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

मंगलबार, कात्तिक २१ २०८०
आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

कार्यक्रममा नेपालसहित ३० देशका २ सय जनाले सहभागिता जनाएका थिए।

काठमाडौं- व्यावसायिक अटोमोबाइल्स उद्योग आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयरमा नेपालले आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि जितेको छ। बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड ठाकुर कुमार गाह र अफिसर अशोक थापाले उक्त उपाधि जिताएका हुन्।

कार्यक्रममा नेपालसहित ३० देशका २ सय जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा विभिन्न कठिन चरणहरू समावेश गरिएको थियो, जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए र यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो।

ठाकुर कुमार गाह र अशोक थापाले प्रतियोगिताभर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिएका थिए। उत्कृष्ट प्रदर्शन प्रदान गर्ने र आइसरको मूल्यवान ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धताले नै उनीहरुलाई आइसर प्रोफर्मर्सको च्याम्पियन बनाइएको कम्पनीले जनाएको छ।

विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरूले रुचाएको ब्रान्ड आइसर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आइरहेको छ।

विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको आइसरले भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend