सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिताको अवधि कात्तिक २३ सम्म थप

मंगलबार, कात्तिक २१ २०८०
भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिताको अवधि कात्तिक २३ सम्म थप

यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजुबहिनी एवं दिदीभाइहरुको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ।

एनसेलले सहभागी हुन इच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कात्तिक २३ गतेसम्म थप गरिएको जनाएको छ।

यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले दिदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्छ। भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईँकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्ने एनसेलले जनाएको छ।

उल्लेखित सबै कुरालाई ध्यानमा राखेर सहभागीहरुले दिदीभाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन्।

यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ७५ हजार नगद र तेस्रो हुनेले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

'हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ', एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, 'अझै राम्रो पाटो भनेको हामी सधैँ अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिइरहेका हुन्छौँ।'

एनसेलका अनुसार प्राप्त सबै भिडियोहरुमध्ये छानिएका भिडियोहरु भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरी टेलर तथा द रेकर्ड नेपालको निर्माता सहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मूल्यांकन गर्नेछ।

प्रतियोगिताका विजेताहरु कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ। 


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend