सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

मंगलबार, कात्तिक २१ २०८०
आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आइतबार स्थिर रहेर सोमबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको हो।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend