आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

राजस्व हिनामिना गरेको अभियोगमा पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

images
सोमबार, कात्तिक २० २०८०
images
राजस्व हिनामिना गरेको अभियोगमा पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

images
images

आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ। यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार छ सय रूपैयाँ बराबरको बिगो र कैदको माग दाबी गरेको छ। 

images
images

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ। आरोपी सबैलाई कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, कात्तिक २० २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend