आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

६ वर्षअघि नै बनिसक्नुपर्ने पुल नौ वर्ष बितिसक्दासमेत बनेन

images
सोमबार, कात्तिक २० २०८०
images
६ वर्षअघि नै बनिसक्नुपर्ने पुल नौ वर्ष बितिसक्दासमेत बनेन

यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माणको काम आधा पनि सकिएको छैन।

images
images

चौतारा- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकेदारका लापरबाहीका कारण अधुरै रहेको छ।

images
images
images

नौ वर्षअघि ठेक्का भएर काम सुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरिएको थियो। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि ६ वर्षअघि बन्नुपर्ने सुनकोशी पुल नौ वर्ष बितिसक्दासमेत सम्पन्न नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका बासिन्दाले केही वर्षअघि पुलमा धर्ना दिएको स्थानीय शिक्षक पृथ्वीजंग पाण्डेले जानकारी दिए।

images
images

शिक्षक पाण्डेका अनुसार प्रभावित क्षेत्रका सयौँ बासिन्दाले पुलमा भेला भएर निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए। सो पुलको २०७२ सालबाट निर्माण सुरु भएको थियो। पुल २०७५ मा नै तयार हुनुपर्ने सम्झौता थियो, तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए।

images
images

विसं २०६९ मा तत्कालीन सरकारले रातो किताबमा सुनकोशीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा बताउँछन्। यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुल निर्माण सम्पन्न भएर यातायातका साधन सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माणको काम आधा पनि सकिएको छैन। दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयको गुनासो छ। रासस


प्रकाशित : सोमबार, कात्तिक २० २०८००८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend