सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सोमबार घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, कात्तिक २० २०८०
सोमबार घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार सुनको मूल्य तोलामा पाँचसयले घटेको छ भने चाँदीको स्थिर छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँचसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ८ सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार तोलामा २५ रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय १५ रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

 


प्रकाशित : सोमबार, कात्तिक २० २०८००५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend