आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

ग्लोबल आइएमई बैंकको डीसीईओमा सुमन पोखरेल नियुक्त

images
सोमबार, कात्तिक २० २०८०
images
ग्लोबल आइएमई बैंकको डीसीईओमा सुमन पोखरेल नियुक्त

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका पोखरेल पुन: बैंकिङमा फर्किएका छन्। 

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन्। आईतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

images
images
images

दुई दशकको अनुभव भएका पोखरेल वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अब्बल मानिन्छन्।  पोखरेल यसअघि आईएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भुमिकामा काम गरिसकेका छन्।

images
images

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका पोखरेल पुन: बैंकिङमा फर्किएका छन्। 

images
images

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा दिइरहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक २० २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend