आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

बैंक, इन्स्योरेन्ससहित आईएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड रूपैयाँ सहयोग गर्ने

images
आइतबार, कात्तिक १९ २०८०
images
बैंक, इन्स्योरेन्ससहित आईएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड रूपैयाँ सहयोग गर्ने

शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रबिन्दु भइ गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

images
images

काठमाडौं- बैंक, इन्स्योरेन्ससहित आईएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।

images
images
images

ग्लोबल आईएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आईएमई लिमिटेडलगायत आईएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसनमार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग रकम प्रदान गर्ने भएको हो।

images
images

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो। 

images
images

शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रबिन्दु भइ गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सो क्षेत्रमा आईएमई ग्रुप तथा  आईएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग  समेत उपलब्ध गराउने छन्।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यसपटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताए।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८०१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend