आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्प पीडितलाई राप्रपाको २५ लाख सहयोग

images
आइतबार, कात्तिक १९ २०८०
images
भूकम्प पीडितलाई राप्रपाको २५ लाख सहयोग

तर्फबाट २५ लाख रूपैयाँ र पार्टीका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई २५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

images
images
images

कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट २५ लाख रूपैयाँ र पार्टीका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको हो।

images
images

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय समेत गरेको छ।

images
images

सो पार्टीको आजको बैठकले पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिमका कार्यक्रम आगामी मंसिर १५ गतेसम्मका लागि र आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी दुःख प्रकट गरेको छ।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend