आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

डेढ करोड भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध मुद्दा

images
आइतबार, कात्तिक १९ २०८०
images
डेढ करोड भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध मुद्दा

उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार रूपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत किसानलाई कृषियन्त्र आपूर्ति गर्ने काममा भ्रष्टाचार भएको पाइएको जनाएको छ। सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बद्नियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो। सो काममा एक करोड ३१ लाख ६० हजार रूपैयाँ बराबरको भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ।

images
images

आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध पनि समान बिगो दावी गरिएको छ ।

images
images

उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार रूपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, कात्तिक १९ २०८०१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend