आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

आरजु राईस मिलले भूकम्प प्रभावित क्षेत्रमा पठायो पाँचसय बोरा चामल

images
आइतबार, कात्तिक १९ २०८०
images
आरजु राईस मिलले भूकम्प प्रभावित क्षेत्रमा पठायो पाँचसय बोरा चामल

भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा आरजु राईसले पाँचसय बोरा चामल सहयोग गरेको हो।

images
images

काठमाडौं- आरजु राईस मिलले भूकम्प प्रभावित क्षेत्रमा पाँच सय बोरा चामल पठाएको छ।

images
images
images

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा आरजु राईसले पाँचसय बोरा चामल सहयोग गरेको हो। कम्पनीका अनुसार पठाइएको प्रत्येक बोरा २० केजीको रहेको छ। यसको तौल १० टन बराबर रहेको छ। चामलको बजार मूल्य लगभग १२ लाख रूपैयाँ रहेको आरजु राईसले जनाएको छ। 

images
images

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुर्‍याएको छ। दुई जिल्लामा एक सय ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौँजना घाइते भएका छन्।

images
images

देश खाद्यान्नतर्फ परनिर्भरतातिर धकेलिँदै गइरहेका बेला यसैलाई मध्यनजर गर्दै आरजु राईस मिलको स्थापना गरिएको हो। आरजु राईस मिल पूर्वी तराईको किसानमाझ अवस्थित रहेको छ। यसको स्थापना वीरेन्द्र बहादुर बस्नेतले गरेका हुन्। मिलको नाम उनको जेठी छोरी ‘आरजु’ को नाउँमा रहेको छ।

मिलमा नयाँ पुस्ताका स्वचालित स्वीस मेसिन जडान गरिएको छ। यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ। यसले दैनिक ४ टनसम्मको धानलाई कनिकारहित, धेरै धोईपखाली नगर्नुपर्ने, स्वादिलो चामल मिलिङ गर्छ।

आरजु राईस मिलले विभिन्न धानको समर्थन मूल्य खेती किसानी अगाडि नै कायम गर्ने गरेको छ।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend