आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

जारजरकोट भूकम्प : सरकारले मृतकका परिवारलाई दुई लाख दिने

images
आइतबार, कात्तिक १९ २०८०
images
जारजरकोट भूकम्प : सरकारले मृतकका परिवारलाई दुई लाख दिने

बैठकले भूकम्पमा परी घाइते भएकाहरुको उपचार सबै अस्पतालमा नि:शुल्क गराउने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- सरकारले जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँ उपलब्ध गराउने भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। 

images
images
images

बैठकले भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

images
images

छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

images
images

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार सबै अस्पतालमा नि:शुल्क गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने गरी तयारी थाल्ने निर्णय गरेको छ। बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय पनि गरेको छ। 

उपचारको पहिलो केन्द्र नेपालगञ्ज र दोस्रो सुर्खेत बनाइएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकालेको छ। अब राहत वितरणमा जोड  दिने समेत सरकारले निर्णय गरेको छ।

सहयोगका लागि सरकारले विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ-संस्थालाई पनि अपिल समेत गरेको छ। 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend