सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आइतबार, कात्तिक १९ २०८०
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

चाँदीको मूल्य आज प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। 

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३ सय ५० रूपैयाँ तोकिएको छ। गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend