आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

उद्धार सकिएको सरकारको निष्कर्ष, राहतका लागि एकद्वार प्रणाली लागू गर्ने

अन्तर्राष्ट्रिय संघ–संस्थालाई सहयोग गर्न अपिल

images
आइतबार, कात्तिक १९ २०८०
images
उद्धार सकिएको सरकारको निष्कर्ष, राहतका लागि एकद्वार प्रणाली लागू गर्ने

अब राहत वितरणमा जोड  दिने समेत सरकारले निर्णय गरेको हो। सहयोगका लागि विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थालाई पनि अपिल गरेको छ।  

images
images

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने गरी तयारी थाल्ने निर्णय गरेको छ।

images
images
images

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरेको छ। ‘संघ–संस्था, राजनीतिक दल, तिनका भ्रातृ संस्थाहरुले सरकारी कोषमा जम्मा गर्नुपर्ने निर्णय सरकारले गरेको हो। सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको हो। 

images
images

उपचारको पहिलो केन्द्र नेपालगञ्ज र दोस्रो सुर्खेत बनाइएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकालेको छ।

images
images

अब राहत वितरणमा जोड  दिने समेत सरकारले निर्णय गरेको हो। सहयोगका लागि विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थालाई पनि अपिल गरेको छ।  

अब बन्ने भौतिक संरचना विपद्लाई ध्यानमा राखेर बनाइनुपर्ने र विपद् पूर्वतयारीका लागि जिल्ला तहका संयन्त्रलाई प्रभावकारी बनाएर लैजाने नीतिगत निर्णय समेत सरकारले गरेको छ।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend