आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

राहत तथा उद्धार घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको बैठक सिंहदरबारमा जारी

images
आइतबार, कात्तिक १९ २०८०
images
राहत तथा उद्धार घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको बैठक सिंहदरबारमा जारी

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठक सिंहदरबारमा सुरु भएको छ।

images
images

काठमाडौं- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारमा बैठक सुरु भएको हो। बैठकमा मन्त्री सहित सुरक्षा निकाय र अन्य निकायका प्रमुखहरु सहभागी रहेका छन्।

images
images
images

जाजरकोट र रुकुम पश्चिम शुक्रबार राति ११ बजेर ४७ मा भूकम्पका कारण ठूलो धनजनको क्षति भएपछि राहत तथा उद्धारका लागि विभिन्न निर्णय लिनका लागि बैठक डाकिएको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा छलफल पछि सरकारले मन्त्रिपरिषद्बाट राहत घोषणा गर्ने छ। 

images
images

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो। 

images
images

प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन्। 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend