आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

‘भूकम्पको केन्द्रबिन्दु भएर पनि मानवीय क्षति भएन, भौतिक संरचनामा भने ठूलो क्षति पुग्यो’

images
शनिबार, कात्तिक १८ २०८०
images
‘भूकम्पको केन्द्रबिन्दु भएर पनि मानवीय क्षति भएन, भौतिक संरचनामा भने ठूलो क्षति पुग्यो’
images
images

काठमाडौं- शनिबार राति जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पले बारेकोटका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। 

images
images
images

यहाँका झन्डै एक हजार परिवार विस्थापित भएका छन्। उनीहरुको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

images
images

'भूकम्पको ठूलो झड्का आएकाले सबैले एकसाथ थाहा पायौँ। रातभर गाउँपालिकाभित्र भएको क्षतिको अनुगमन गरी जानकारी लियौँ। बारेकोटमा केन्द्रबिन्दु भए पनि मानवीय क्षति भएको छैन', उनले भने, 'भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झन्डै एक हजार परिवार विस्थापित भएका छन्। उनीहरुको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्।'

images
images

भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै त्रसित रहेको उनले बताए। उनका अनुसार भूकम्पपीडित गाउँभन्दा टाढा जंगल, गुफा र चौरमा बसिरहेका छन्। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ। संघीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ। विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ पालिका अग्रसर छ। 

भूकम्पमा परी बारेकोटमा पाँच जना घाइते भएको उनले जानकारी दिए। 'दुई जनालाई सामान्य उपचार गरी घर पठाइसकेका छौँ। तीन जनालाई हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएका छौँ। बारेकोट- १ केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ। घर क्षतिग्रस्त छन्। जमिन भासिएको छ', उनले भने, 'चिराचिरा परेको छ। भग्नावशेष जस्तो देखिएको छ। गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जंगल र खोला छ। विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो।' रासस


प्रकाशित : शनिबार, कात्तिक १८ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend