आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

जाजरकोट भूकम्प पीडितको सहायताका लागि सिटिजन्स बैंकले २५ लाख दिने

images
शनिबार, कात्तिक १८ २०८०
images
जाजरकोट भूकम्प पीडितको सहायताका लागि सिटिजन्स बैंकले २५ लाख दिने

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको गरेको हो।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको जाजरकोटमा शनिबार राति गएको विनाशकारी भुकम्पबाट पीडितहरुको उद्धार तथा उपचारका लागि २५ लाख रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। 

images
images
images

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको गरेको हो।

images
images

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ। यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ।

images
images

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।

सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहजरुपमा कृषि, पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ। जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भइ समग्र विकासमा टेवा पुगेको विश्वास बैंकले लिएको छ।

बैंकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याइसकेको छ।


प्रकाशित : शनिबार, कात्तिक १८ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend