सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

images
शुक्रबार, कात्तिक १७ २०८०
images
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १८ निर्णयहरु गरेको छ।

images
images

काठमाडौं- सरकारले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न वन क्षेत्रको जग्गा २५ वर्षसम्म प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका एक सय २४ वटा रुखहरु हटाउन स्वीकृति दिएको छ।

images
images
images

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२९०४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका १२४ वटा रुखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको हो।

images
images

यस्तै बैठकले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित खम्बागाडे-पलौटे-विध्यापुर गुटु-मायाताल सडकखण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्रको १४.५९ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका १.२९२ रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ।

images
images

सरकारले सहसचिव विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु :

mantriparisad.jpg

mantriparisad-.jpeg


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८०१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend