सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

कैलाली भन्सारको राजस्व असुलीमा कमी

images
शुक्रबार, कात्तिक १७ २०८०
images
कैलाली भन्सारको राजस्व असुलीमा कमी

चालु आवमा ११ अर्ब ५८ करोड २५ लाख ७० हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा एक अर्ब ६१ करोड ९० लाख २५ हजार रूपैयाँ मात्रै असुली भएको छ।

images
images

गोदावरी- कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ। साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ।

images
images
images

यो आर्थिक वर्षमा राजस्व असुली लक्ष्यमा पुग्न सक्ने सम्भावना कम रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिए। कार्यालयले चालु आवमा ११ अर्ब ५८ करोड २५ लाख ७० हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा एक अर्ब ६१ करोड ९० लाख २५ हजार रूपैयाँ मात्रै असुली भएको उनले जानकारी दिए।

images
images

हमालका अनुसार आव २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रूपैयाँ राजस्व असुलीको लक्ष्य लिएकामा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रूपैयाँ, आव २०७८/७९ मा ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार रूपैयाँ लक्ष्य लिएकामा नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रूपैयाँ असुली गरेको थियो।

images
images

गत आवमा १२ अर्ब ३० करोड रूपैयाँको राजस्व असुली गर्ने लक्ष्य लिइएकामा आठ अर्ब २९ करोड रूपैयाँ मात्रै असुली भएको भन्सार अधिकृत हमालले जानकारी दिए। साउन अन्तिम सातादेखि क्वारेन्टाइन बन्द भएपछि कैलालीमा अघिल्लो आवको तुलनामा यो वर्ष भन्सार राजस्व असुलीमा कमी आउने उनले बताए।

भन्सार प्रमुख हमालले फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तु क्वारेन्टाइन नहुँदा आयात ठप्प भएको बताउँदै क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend