सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

प्राधिकरणले पाँच दिनमा उठायो ६५ लाख बक्यौता

images
शुक्रबार, कात्तिक १७ २०८०
images
प्राधिकरणले पाँच दिनमा उठायो ६५ लाख बक्यौता

तीन हजार दुई सय ९४ ग्राहकको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ। उनीहरुबाट १८ करोड ५३ लाख रूपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ।

images
images

चितवन- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गते देखि १६ गतेसम्ममा ६५ लाख २० हजार रूपैयाँ बक्यौता रकम उठाएको छ।

images
images
images

प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो। केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ।

images
images

सो क्रममा एक करोड चार लाख ३८ हजार रूपैयाँ बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको हो। 'लाइन काटिएकामध्ये ८० प्रतिशतले बक्यौता रकम बुझाउन आएका छन्', उनले भने।

images
images

बक्यौता रकम पूर्णरुपमा नतिरे पनि एक सातादेखि एक महिनासम्मको भाकामा बक्यौता तिर्छु भनेर कबुल गरेर लाइन जडान गरेका छन्। लाइन काटिएकामध्ये दुई सय ९७ ग्राहकले बक्यौता रकम बुझाएका छन्। आर्थिकमन्दीका कारण ग्राहकले समयमा पैसा बुझाउन नसकेको हुनसक्ने उनको भनाइ थियो। कतिपय ग्राहकले २० देखि ३० प्रतिशत मात्रै बक्यौता रकम बुझाउने गरेका छन्।

कार्यालयका अनुसार तीन हजार दुई सय ९४ ग्राहकको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ। उनीहरुको यही अभियानका क्रममा लाइन काटिने उनले जानकारी दिए। उनीहरुबाट १८ करोड ५३ लाख रूपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ।

केन्द्रले चालु आर्थिक वर्षको कात्तिक १६ गतेसम्म बक्यौता नतिर्ने ६ सय ३१ ग्राहकको लाइन काटेको छ। उनीहरुबाट दुई करोड २१ लाख ७८ हजार रूपैयाँ बक्यौता उठ्न बाँकी रहेको कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। अभियानअन्तर्गत लाइन काट्न थालेसँगै लाइन नकाटिएका ग्राहकसमेत महसुल तिर्न आउन थालेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend