बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

वीरगञ्ज भन्सार : लक्ष्यभन्दा ५ अर्बभन्दा बढी राजस्व संकलन

images
मंगलबार, मंसिर ७ २०७८
images
images
वीरगञ्ज भन्सार : लक्ष्यभन्दा ५ अर्बभन्दा बढी राजस्व संकलन

सो अवधिका  लागि  विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले ७० अर्ब १२ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

images
images

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन गर्न गरेको छ। आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी राजस्व संकलन  भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। 

images
images
images

सो अवधिका  लागि  विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले ७० अर्ब १२ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

images
images

कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिए।

images
images
images

उनले चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताए।  

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा ५ प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी संकलन भएको कार्यालयले जनाएको छ। चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल संकलन गर्न २४ अर्ब १२ करोड ७७ लाख रुपैयाँको लक्ष्य दिएको २४ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जनाइएको छ।  

यसैगरी मूल्य अभिवृद्धि कर २० अर्ब ८१ करोड २८ लाख रुपैयाँ संकलनको लक्ष्य रहेका २६ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend