सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाल क्रिकेट संघसँग डिशहोम फाइबरनेटको साझेदारी

शुक्रबार, कात्तिक १७ २०८०
नेपाल क्रिकेट संघसँग डिशहोम फाइबरनेटको साझेदारी

डिशहोमको प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु रहेको कम्पनीका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले बताए।

काठमाडौं- डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइबरनेट) ले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाली टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको छ।

डिशहोम फाइबरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले चलिरहेको टि२० विश्वकप एसिया छनोटको ठूलो महत्त्व रहेको बताउँदै डिशहोम फाइबरनेटको सहयोगमा टोलीले आर्थिक अवरोधबिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको बताए।

'हामी नेपाली टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौँ। हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो', उनले भने।

 


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend