सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

शुक्रबार, कात्तिक १७ २०८०
तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

चाँदीको मूल्य भने शुक्रबार घटेको छ। बिहीबार तोलामा २० रूपैयाँले बढेको चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले घटेको हो।

काठमाडौं- शुक्रबार पनि सुनको मूल्य बढेको छ। बिहीबार तोलामा सात सय रूपैयाँले वृद्धि भएको सुनको मूल्य शुक्रबार प्रतितोला दुई सय रूपैयाँले बढेको हो। 

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामै एक हजार रूपैयाँले बढेर उच्च मूल्य कायम भइ सोमबार घटेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागेको थियो। सोमबार र मंगलबार प्रतितोला ५/५ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामै एक हजार रूपैयाँले घटेको थियो। बिहीबार र शुक्रबार पुन: मूल्य बढेको हो। 

चाँदीको मूल्य भने शुक्रबार घटेको छ। बिहीबार तोलामा २० रूपैयाँले बढेको चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला एक हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend