सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आर्किड गार्डेन नेपाल परियोजनालाई महालक्ष्मी बैंकको ५० हजार रूपैयाँ सहयोग

बिहीबार , कात्तिक १६ २०८०
आर्किड गार्डेन नेपाल परियोजनालाई महालक्ष्मी बैंकको ५० हजार रूपैयाँ सहयोग

बैंकले बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड  गार्डेन  नेपाल  परियोजनालाई  सफल  बनाउन  राउण्ड  टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको छ। 

बैंकले विगत १७ वर्षदेखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।

विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिट तल रहेको, वर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचनासमेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजनाअन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको बैंकले जनाएको छ।

६ महिनादेखि ९ वर्षसम्मका एक सय ५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधारपश्चात् करिब दुईसय जना बालबालिकालाई सेवा प्रदान गर्ने सामर्थ्य राख्दछ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ। बैंकले आमग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend