सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य प्रतितोला सातसयले वृद्धि, चाँदीको पनि बढ्यो

बिहीबार , कात्तिक १६ २०८०
सुनको मूल्य प्रतितोला सातसयले वृद्धि, चाँदीको पनि बढ्यो

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता लगातार तीन दिनसम्म घटेको सुनको मूल्य बिहीबार बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँ कायम छ। 

आइतबार तोलामै एक हजार रूपैयाँले बढेर उच्च मूल्य कायम भइ सोमबार घटेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागेको थियो। सोमबार र मंगलबार प्रतितोला ५/५ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामै एक हजार रूपैयाँले घटेको थियो। बिहीबार पुन: मूल्य बढेको हो।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला ३५ रूपैयाँले घटेको थियो। 


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend