सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

परशुराम बने डिसहोमको पाँचौँ सुपरस्टार, लक्की ड्रमार्फत जिते एक लाख

बुधबार, कात्तिक १५ २०८०
परशुराम बने डिसहोमको पाँचौँ सुपरस्टार,  लक्की ड्रमार्फत जिते एक लाख

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।  

काठमाडौं- डिसहोमबो 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत परशुराम तिमिलाले नगद एक लाख रूपैयाँ जितेका छन्। ७१९०७५३८८८९ कास आईडीका ग्राहक तिमिलाले कात्तिक ६ गते सोमबार भएको लक्की ड्रमार्फत एक लाख रूपैयाँ नगद जितेका हुन्। 

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख रूपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।

असोज १ देखि सुरु भएको यो योजना सीमित अवधिभर नेपालभर लागु हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend