सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

विश्वकप छनोटमा डिसहोमको पुरस्कार घोषणा, एकै खेलमा ५ विकेट र शतक प्रहार गर्ने खेलाडीले २० लाख पाउने

बुधबार, कात्तिक १५ २०८०
विश्वकप छनोटमा डिसहोमको पुरस्कार घोषणा, एकै खेलमा ५ विकेट र शतक प्रहार गर्ने खेलाडीले २० लाख पाउने

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ।

काठमाडौं- नेपालमा जारी टी-२० विश्वकप छनोटमा शतक प्रहार गर्ने घरेलु खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ। 

डिसहोमको डिस फाइबरनेटले पुरस्कारहरूको घोषणा गरेको हो। एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ।

यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, शतक बनाएमा १० लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ।

397047842_732431895568175_3069030435132373490_n.jpg

प्रकाशित : बुधबार, कात्तिक १५ २०८००९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend