शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पुस मसान्तसम्म चनौटे-भिमखर्क जोड्ने बेलीबृज बन्छ : नेपाली सेना

मंगलबार, मंसिर ७ २०७८
पुस मसान्तसम्म चनौटे-भिमखर्क जोड्ने बेलीबृज बन्छ : नेपाली सेना

चनौटे-भिमखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएकाले सेनाले उक्त स्थानमा पुल निर्माण गरिरहको छ। सेनाले कात्तिक ४ गतेबाट उक्त पुल निर्माण सुरु गरेको हो। 

काठमाडौं- गत असारमा मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटे-भिरखर्क जोड्ने बेलीबृज निर्माण नेपाली सेनाले गरिरहेको छ।

चनौटे-भिमखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएकाले सेनाले उक्त स्थानमा पुल निर्माण गरिरहको छ। सेनाले कात्तिक ४ गतेबाट उक्त पुल निर्माण सुरु गरेको हो। 

बेलीबृज निर्माणका लागि सर्भे सकिएर डिजाइन र लागत तयार भइसकेको सेनाले वनाएको छ। बेलीबृज जडान गर्ने स्थानमा दुबैतर्फ पूर्वाधार बनाउने काम भइरहेको छ।

chanaute1.jpg

सेनाले गाउँपालिकासँगको सहकार्यमा ह्युम पाइप राखि अस्थायी ट्रयाक निर्माण गरि हाललाई आवागनमा सहज बनाएको छ। सो अस्थायी डाइभर्सनबाट दैनिक ५० भन्दा बढी मालबाहक तथा यात्रुबाहक गाडीहरु आवतजावत गरिरहेका छन्। 

सो बेलीबृज आगामी पुसमसान्तसम्ममा सञ्चालनमा ल्याइसक्ने नेपाली सेनाले जनाएको छ। सेनाले बृज निर्माणका क्रममा २५ जना स्थानीयलाई रोजगारी दिएको बताएको छ।  

प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend