सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

जमुनाह नाकाबाट दुई महिनामा १० करोड रूपैयाँ बराबरको केरा आयात

images
बुधबार, कात्तिक १५ २०८०
images
जमुनाह नाकाबाट दुई महिनामा १० करोड रूपैयाँ बराबरको केरा आयात

चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए।

images
images

बाँके- नेपालगञ्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोड रूपैयाँ बढीको केरा नेपाल आयात भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगञ्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रूपैयाँ मूल्य बराबरको केरा आयात भएको छ।

images
images
images

चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए। उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ। स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ।

images
images

नेपालगञ्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ। केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ।

images
images

नेपालगञ्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ। स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन्। भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री-वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केराखेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए।

उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ। बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केराखेती गरिरहेका छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend