सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

हरित ऊर्जामा सहायता गर्न बेलायतसँग अर्थमन्त्रीको आग्रह 

images
बुधबार, कात्तिक १५ २०८०
images
हरित ऊर्जामा सहायता गर्न बेलायतसँग अर्थमन्त्रीको आग्रह 

भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गरेका हुन्। 

images
images

लण्डन-  अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलातयसँग हरित ऊर्जाको क्षेत्रमा सहायता गर्न आग्रह गरेका छन्। 

images
images
images

संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटवार्ताका क्रममा  महतले सो आग्रह गरेका हुन्। 

images
images

भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गरेका हुन्। 

images
images

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको बताउदै उनले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफुले लिएको बताए। 

जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भुमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत उनले आग्रह  गरे। 


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend