सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य लगातार तेस्रो दिन ओरालो, आज तोलामै एक हजार रूपैयाँले घट्यो

बुधबार, कात्तिक १५ २०८०
सुनको मूल्य लगातार तेस्रो दिन ओरालो, आज तोलामै एक हजार रूपैयाँले घट्यो

मंगलबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य आज प्रतितोला ३५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ। आइतबार उच्च मूल्य कायम भएर सोमबार घटेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागेको हो। 

सोमबार र मंगलबार प्रतितोला ५/५ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामै एक हजार रूपैयाँले घटेको छ। 

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार चार सय ५० रूपैयाँ कायम छ। 

चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य आज प्रतितोला ३५ रूपैयाँले घटेको छ। चाँदी बुधबार प्रतितोला १३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend