सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शिवम् सिमेन्टका भीपी अग्रवाल महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित

आइतबार, कात्तिक १२ २०८०
शिवम् सिमेन्टका भीपी अग्रवाल महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित

निखिल अग्रवाल शिवम् सिमेन्टको स्थापना कालदेखि नै निरन्तर कार्यरत छन्।

काठमाडौं- शिवम् सिमेन्टका भीपी (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल भारतमा सम्मानित भएका छन्। 

ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रमोसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको अवार्ड कार्यक्रममा अग्रवाल 'श्री महात्मा गान्धी राष्ट्रिय अभिमान' बाट सम्मानित भएका हुन्। अग्रवाल शिवम् सिमेन्टको स्थापना कालदेखि नै निरन्तर कार्यरत छन्।

ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ। यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराइ व्यापार विस्तारको अवसर प्रदान गर्नेजस्ता कार्यहरु गर्दै आइरहेको छ। 

यस संस्थाले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनोट गरी यसको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार छनोट गरी अवार्ड दिने गर्दछ। 


प्रकाशित : आइतबार, कात्तिक १२ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend