सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

यूरोपियन मार्केटका लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउन पियाजियोसँग फोटोनको सहकार्य

आइतबार, कात्तिक १२ २०८०
यूरोपियन मार्केटका लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउन पियाजियोसँग फोटोनको सहकार्य

काठमाडौं- चिनियाँ सवारी उत्पादन कम्पनी फोटोन ग्रुपले यूरोपियन मार्केटका लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउन पियाजियो ग्रुपसँग सहकार्य गर्ने भएको छ। 

पियाजियो ग्रुपका सीईओ र फोटोन मोटर ग्रुपका भाइस प्रेसिडेन्टले अक्टोबर १९ मा चीनको बेइजिङमा एक कार्यक्रमबीच नयाँ रेन्जको इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने सहमति गरेका हुन्। सहमतिअनुसार यो गाडी इटालीमा रहेको पियाजियोको फ्याक्ट्रीमा उत्पादन हुनेछ।

इन्टर सिटीको आवश्यकता अनुसार कम्तीमा १ टन पेलोड भएको गाडी दुई नयाँ मोडेल फोर केल इलेक्ट्रिक कमर्सियल थप गर्न पियाजियो ग्रुपलाई यस सहकार्यले मद्दत गर्नेछ।

यसअघि पनि यी दुई ग्रुपको सहकार्यमा यूरोपियन मार्केटका लागि २०२१ मा यूरोपमा धेरै रुचाइएको पहिलो सिटी ट्रक, पोर्टर एनपी सिक्सजस्ता गाडीहरु उत्पादन गरिएको थियो।

नेपालमा फोटोनका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप, इलेक्ट्रिक भ्यान, मिनी ट्रक बिक्री वितरण गर्दै आइरहेको छ।


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend