सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

फोनपेको उल्लेखनीय उपलब्धि, एकै दिनमा १० अर्बभन्दा बढी कारोबारको सेटलमेन्ट

आइतबार, कात्तिक १२ २०८०
फोनपेको उल्लेखनीय उपलब्धि, एकै दिनमा १० अर्बभन्दा बढी कारोबारको सेटलमेन्ट

ललितपुर- नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले एकै दिनमा १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

२०१९ देखि सञ्चालनमा आएको फोनपेले असोज ३० गते उक्त उपलब्धि हासिल गरेको हो। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो।

'नेपालमा पहिलोपटक क्यूआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल (पीओएस) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारीमैत्री प्रणालीको विकास सुनिश्चित गरेको कुरा सबैलाई अवगत नै छ', कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभइ सो सुविधाहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे अगाडि रहेको देखिन्छ।'

कम्पनीका अनुसार फोनपे नेपालमा पीटूयम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९% र पीटूपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशतको बजार हिस्सा लिइ देशका अन्य भुक्तानी सञ्चालकहरुमध्ये सबैभन्दा अग्रणी स्थानमा छ। 

फोनपेका सीईओ दिवास कुमारले यो उपलब्धिले नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको बताए। 'हामीले निरन्तर ग्राहकहरुको आवश्यकतालाई हाम्रो प्रमुख प्राथमिक्तामा राख्दै आएका छौँ जसकोअनुरुप भुक्तानीका समाधानहरुलाई अझै विस्तार गर्ने लक्ष्यतर्फ हामी अगाडि बढेका छौँ', उनले भने।


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend