शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बुद्ध एयरले थप्यो १७औँ एटीआर जहाज

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ११ २०८०
बुद्ध एयरले थप्यो १७औँ एटीआर जहाज

बुद्ध एयरले नयाँ एटीआर भित्र्याएसँगै एटीआरको संख्या १४ पुगेको छ। नयाँ एटीआरबाट एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ।

काठमाडौं- बुद्ध एयरले १७औँ एटीआर जहाज भित्र्याएको छ। बुद्ध एयरले शुक्रबार नाइन एन-एओसी कलसाइनको एटीआर-७२ भित्र्याएको हो। यससँगै एटीआर-७२ जहाजको संख्या १४ पुगेको छ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरसँग ३ वटा एटीआर-४२-३२० र १४ वटा एटीआर-७२-५०० जहाजहरु छन्। हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले नयाँ जहाज थपेको हो।

उडान संख्या उल्लेख्य वृद्धि भएअनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने र थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोग पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक एक सय ५० भन्दा बढी उडान भरिरहेको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ।


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend