सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

फिर्के खोलाका संरचना हटाउन ३५ दिने सूचना

images
शनिबार, कात्तिक ११ २०८०
images
फिर्के खोलाका संरचना हटाउन ३५ दिने सूचना

फिर्के खोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ। खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ।

images
images

कास्की- पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ। पोखरा-१८ को अधेरी कुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्के खोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।

images
images
images

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको छ।

images
images

गत साउन पहिलो साता महानगरले फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने प्रयोजनका लागि एक प्राविधिक समिति बनाएर सीमांकन सुरु गरेको थियो। सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो।

images
images

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ। फिर्के खोला अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ। 

फिर्के खोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ। खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ।

महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको छ।

साविक ग्यारजाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको लम्बाइ आठ किलोमिटर छ।

यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ। खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको हो।

फिर्के खोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन्। प्रतिवेदनअनुसार फिर्के खोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन्।

महानगर प्रमुख धनराज आचार्यले सीमांकन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न लागिएको र त्यसक्रममा संरचना हटाइने बताए। प्रमुख आचार्यले भने, 'सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचना हटाइनेछ।'

दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्केको संरक्षण, संवर्द्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के करिडोरको विकास कार्यक्रम सञ्चालन गरिने प्रमुख आचार्यले बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend