सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

फोटोन ग्रुपले पियाजियो ग्रुपसँगको सहकार्यमा युरोपेली बजारका लागि विद्युतीय कमर्सियल सवारी बनाउने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १० २०८०
फोटोन ग्रुपले पियाजियो ग्रुपसँगको सहकार्यमा युरोपेली बजारका लागि विद्युतीय कमर्सियल सवारी बनाउने

सुरुमा इटालीमा फोटोनका दुई नयाँ मोडलका विद्युतीय सवारी उत्पादन हुनेछ। यी गाडीहरुको पेलोड १ टनभन्दा बढी हुनेछ। 

काठमाडौं- चीनको सर्वाधिक धेरै कमर्सियल सवारी उत्पादक तथा बिक्रेता फोटोन ग्रुपले विद्युतीय सवारी उत्पादनलाई विस्तार गर्ने भएको छ। कम्पनीले चीन, नेपालसहित विश्वका विभिन्न बजारमा पेट्रोलियम तथा विद्युतीय सवारी बिक्री गर्दै आएको छ।

यही क्रममा फोटोन ग्रुपले आफ्नो उत्पादन प्लान्ट युरोपमा समेत स्थापना गर्ने भएको छ। यसका लागि फोटोन ग्रुपले पियाजियो ग्रुपसँग युरोपमा लाइट विद्युतीय सवारी उत्पादन गर्न अक्टोबर १९ मा सहकार्यको सम्भौता गरेको हो।

यो सहकार्यसँगै युरोपेली बजारलाई लक्षित गर्दै नयाँ रेन्जका विद्युतीय लाइट कमर्सियल सवारी उत्पादन हुनेछ। फोटोनका लाइट कमर्सियल सवारी पियाजियोको इटालीमा रहेको प्लान्टमा उत्पादन हुनेछ। 

सुरुमा इटालीमा फोटोनका दुई नयाँ मोडलका विद्युतीय सवारी उत्पादन हुनेछ। यी गाडीहरुको पेलोड १ टनभन्दा बढी हुनेछ। 

यसअघि पनि फोटोनले दुई ग्रुपसँगको सहकार्यमा युरोपमा गाडी बनाइ रहेको छ। २०२१ मै फोटोनको सिटी ट्रक एनपी सिक्स सार्वजनिक भएको थियो। जुन अहिले युरोपका विभिन्न देशमा लोकप्रिय विद्युतीय कमसियल गाडी बिक्री भइरहेको छ। 

फोटोनको पेट्रोलियम गाडीसहित विद्युतीय भ्यान र विद्युतीय ट्रक पनि नेपाली बजारमा उपलब्ध रहेको छ। फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नाडा अटो शो २०२३ बाट विद्युतीय भ्यान र मिनि ट्रक सार्वजनिक गरेर बिक्री गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १० २०८००७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend