शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

जाजरकोटमा महको उत्पादन घट्यो

सोमबार, मंसिर ६ २०७८
जाजरकोटमा महको उत्पादन घट्यो

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि अहिले निराश छन्।

जाजरकोट- नलगाड नगरपालिका-१ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गरे। यस वर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले  उनी निराश छन्। 

सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन। व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि अहिले निराश छन्। बुढा र पुन उदाहरणका पात्र हुन्। अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन्। गत असोज कात्तिक महिनामा भएको  बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए। 

मौरीलाई चरन क्षेत्रको अभाव, वन विनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उनकाे भनाइ थियो। विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो।

गतवर्ष प्रतिधार्नी एक हजार ५ सय रुपैयाँ मूल्य पर्ने मह यो वर्ष दुई हजार ५ सयदेखि तीन हजार पुगेको छ। उत्पादन घट्दा मूल्य वृद्धि भएको हो। मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन्। रासस


प्रकाशित : सोमबार, मंसिर ६ २०७८११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend