काठमाडौं- एक दिनमै दुइ हजार पटकभन्दा बढि विद्युतीय सवारीले नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसनबाट सेवा लिएका छन्।
यो वर्षको दसैँ विद्युतीय सवारीमय भएकाे छ। अहिले सडकमा हजारौँको संख्यामा विद्युतीय सवारीहरु चलिरहेका छन्।
दसैँमा धेरैले गाउँ जाँदा विद्युतीय सवारी लिएर गएकाले सवारी चार्जिङ धेरै भएको हो। विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेसनमा सबैजसो विद्युतीय कार चार्ज गर्न मिल्ने चार्जिङ पोर्ट राखेको छ।
सोहीकारण नेपाल विद्युत प्राधिकरणले एकै दिनमा २२ हजार युनिट विद्युत विद्युतीय सवारीलाई बिक्री गरेकाे हाे।
याे सँगै एक दिनमा करिब २० हजार लिटर डिजेल -पेट्रोल बचत भएको छ।
यस हिसाबले २० हजार पेट्रोल प्रतिलिटरका दरले ३६ लाख रुपैयाँ दैनिक बचत देखिएकाे छ। यसको तुलनामा निक्कै कम मूल्यको विद्युत खपतबाट हजारौँ विद्युतीय सवारीले दशौँ हजार किलोमिटर यात्रा तय गरेका हुन्।